निर्वाचन आयोग एमाले,काङ्ग्रेस र माओवादीलाई कुर्दै

निर्वाचन आयोग एमाले,काङ्ग्रेस र माओवादीलाई कुर्दै

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगको कार्यालय पुग्न थालेका छन् ।

आयोगले बन्दसूची बुझाउन आजसम्म निर्धारण गरेकाले समय घर्किंदै जाँदा दलका नेताहरु सूची बोकेर बहादुर भवनस्थित आयोग कार्यालयमा गएका हुन् । अहिलेसम्म ठूला दलहरुमा राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले बन्दसूचीको फाइल बुझाइसकेका छन् । जनमोर्चाका नेताहरुले आयोग परिसरमै बसेर नाम काँटछाँट गरेका थिए ।

हिजै सचिवालयबाट निर्णय गरेर बन्दसूची फाइनल गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई सुम्पिएको एमालेले भने अहिलेसम्म बन्दसूची बुझाइसकेको छैन । समानुपातिक उम्मेदवारको नाम टुंग्याउनै महाभारत परेपछि आन्तरिक छलफलमा जुटेका काँग्रेस र माओवादी केन्द्रका नेताहरु पनि बहादुर भवन पुगेका छैनन् ।

उनीहरुले केहीबेरमा आउने जानकारी गराएपछि आयोगका कर्मचारी कुरेर बसेको बताइएको छ ।

टिप्पणीहरू