दुई हजार विशिष्टहरुको उपस्थितिमा बेलायती महारानीको आज अन्त्येष्टि

दुई हजार विशिष्टहरुको उपस्थितिमा बेलायती महारानीको आज अन्त्येष्टि

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिने भएको छ । लन्डनको वेस्टमिन्स्टर एबेमा हुने सो अन्त्येष्टि समारोह स्थानीय समयअनुसार बिहान ११ बजे हुने बताइएको छ ।

अन्त्येष्टि समारोहमा विश्वभरिबाट करिब २ हजार विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने छन् । करिब पाँच सय जना विभिन्न देशका राजपरिवारका सदस्य, राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष व्यक्तिहरू समारोहमा सहभागी हुने छन् । नेपालबाट परराष्ट्र मन्त्री डा. नारायण खड्का समारोहमा सहभागी हुन् लण्डन पुगिसकेका छन् ।

महारानीको शव पेटिकालाई वेस्टमिन्स्टरको दरबारबाट वेस्टमिन्स्टर एबीसम्म शवयात्रा गर्दै लगिने छ । महारानीको ९६ वर्षको उमेर गत सेप्टेम्बर ९ मा निधन भएको थियो । महारानी एलिजाबेथले बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गरेकी थिइन् ।

टिप्पणीहरू