गौतम अदानी विश्वकै दोस्रो धनी

गौतम अदानी विश्वकै दोस्रो धनी

भारतीय गौतम अदानी विश्वकै दोस्रो धनी बनेका छन् । फोब्र्स पत्रिकाका अनुसार अदानी ग्रुपका अध्यक्ष गौतम १ खर्ब ५४ अर्ब ७० करोड अमेरिकी डलर बराबरको सम्पत्तिसहित दोस्रो धनी बनेका हुन् ।

पहिलो नम्बरमा एलन मस्क नै रहेका छन् । आज प्रकाशित पछिल्लो सूचीअनुसार मस्कको सम्पत्ति २ खर्ब ७३ अर्ब ५० करोड अमेरिकी डलर देखिएको छ । तेस्रो धनी बनेका बर्नाड अरनौल्टको सम्पत्ति १ खर्ब ५३ अर्ब ८० करोड अमेरिकी डलर भएको बताइएको छ । बर्नाड गौतमभन्दा ९० करोड डलरले पछाडि परेका हुन् ।

त्यसपछि जेफ बेजोस्को सम्पत्ति १ खर्ब ४९ अर्ब ७० करोड अमेरिकी डलर रहेकाले उनी चौथो नम्बरमा छन् ।

टिप्पणीहरू