निर्माणाधीन घरको छतबाट खसेकी वृद्धा बितिन्

निर्माणाधीन घरको छतबाट खसेकी वृद्धा बितिन्

सुर्खेतमा दुई तले घरको छतबाट खसेर एक वृद्धाको ज्यान गएको छ । निर्माणाधीन घर हेर्न जाने क्रममा छतबाट खसेपछि उनको मृत्यु भएको बताइएको छ ।

छतबाट खसेकी वीरेन्द्रनगर नगरपालिका १, धारापानी बस्ने ६६ वर्षीया ननीकला खत्री गम्भीर घाइते भएकी थिइन् । लगत्तै उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा लगिएको थियो ।

तर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू