१० वर्षे बालकले चलाएको साइकलको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

१० वर्षे बालकले चलाएको साइकलको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

रौतहटको राजदेवी नगरपालिका–५, हजमिनिया पताहीमा साइकलको ठक्करबाट बालिकाको ज्यान गएको छ । स्थानीय गढैया बस्ने १० वर्षीय सन्तोष साहले चलाएको साइकलको ठक्करबाट १० वर्षीया अञ्जलीकुमारी रामको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अस्ति बिहान साइकलको ठक्करबाट गम्भीर घाइते भएकी अञ्जलीको एएलएस न्यूरो पर्वानीपुर अस्पताल बारामा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको हो ।

हाल बालक साह फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू