अटोमा राखेर लैजाँदै गरेको एक धोक्रो चरेससहित तीन महिला पक्राउ

अटोमा राखेर लैजाँदै गरेको एक धोक्रो चरेससहित तीन महिला पक्राउ

प्रतिबन्धित लागूऔषधसहित तीन महिला पक्राउ परेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–८ की ४२ वर्षीया कल्पना मोक्तान, ३६ वर्षीया कबितामाया बल र २३ वर्षीय रीता विश्वकर्मा लागूऔषधसहित पक्राउ परेका हुन् ।

जितपुरबाट मनवातर्फ जाँदै गरेको ना.२ह३१८६ नम्बरको अटोलाइ पर्साको गढी नगरपालिका २ बागवाना चेकजाँच गर्दा उनीहरुको साथमा २६ किलो १६ सय ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू