ट्रकको ठक्करबाट एकको मृत्यु, तीन सिकिस्त

ट्रकको ठक्करबाट एकको मृत्यु, तीन सिकिस्त

झापामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । पृथ्वीनगरबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बको ट्रकले ठक्कर दिँदा तुलसा खवास लामाको निधन भएको बताइएको छ ।

पैदल यात्री तुलसा र उनकी दुई वर्षकी छोरी रुक्साना लामालाई ट्रकले ठक्कर दिएको थियो । त्यसपछि ट्रक अनियन्त्रित भई खोलामा खस्दा सहचालक अनिल हस्दा, बुद्धलाल राजवंशी घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतककी छोरी रुक्साना, सहचालक अनिल र ट्रकमा सवार अर्का बुद्धलालको अवस्था गम्भीर छ । उनीहरु तीनै जनालाई थप उपचारको निम्ति बिर्तामोड पठाइएको छ ।

ट्रक चालक योगेश सिटौलालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू