खल्तीमा लाखौंको बिटो लिएर हुण्डी कारोबारी सीमातिर

खल्तीमा लाखौंको बिटो लिएर हुण्डी कारोबारी सीमातिर

पर्सामा लाखौँ अवैध रकमसहित हुण्डी कारोबारी पक्राउ परेका छन् । पोखरिया नगरपालिका–९ बैरिया बिर्ताका ३५ वर्षीय महम्द रिजवान आलम अवैध रकमसहित पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका–२ मा उनी सवार प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाइकल रोकी चेकजाँच गर्दा आलमले लगाएको जिन्सपाइन्टको खल्तीमा लुकाई राखेको स्रोत नखुलेको सात लाख ५३ हजार तीन सय नगद फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बरामद गरिएको रकम र मोटरसाइकलसहित आलमलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू