भारत र पाकिस्तानका राजदूत सँगसँगै परराष्ट्रमा

भारत र पाकिस्तानका राजदूत सँगसँगै परराष्ट्रमा

नेपालका लागि दुई छिमेकी भारत र पाकिस्तानका राजदूतले एक घण्टाको अन्तरालमा परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय भेटघाट गरेका छन् । पाकिस्तानी राजदूत सैयद हैदर साह र भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो दिउँसो मन्त्रालयमा छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

पाकिस्तानी राजदूत सैयदले परराष्ट्र सचिव भरतराज पौडेलसँग दिउँसो साढे १ बजेको समयमा भेटेका थिए । राजदूत र सचिवबीच झण्डै आधा घण्टा भेटवार्ता भएको बताइएको छ ।

त्यसलगत्तै भारतीय राजदूत श्रीवास्तव परराष्ट्र मन्त्रालय छिरेका थिए । अपराह्न २ बजे सिंहदरबार छिरेका राजदूत श्रीवास्तव परराष्ट्रमन्त्री डा. नारायण खड्का र सचिव पौडेलसँग २५ मीनेट कुरा गरेर बाहिरिएका थिए ।

टिप्पणीहरू