आज पनि ठूलो वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

आज पनि ठूलो वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

आज बागमती प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ । अहिले प्रदेश १, मधेश, वाग्मती र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको बताइएको छ ।

प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

भारी वर्षापछि पहिरो तथा गेग्रान बहावको जोखिम हुने भएकाले नदीनाला तथा खहरेमा जल सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

टिप्पणीहरू