दीपक बज्राचार्यको कोरोना गीत !

दीपक बज्राचार्यको कोरोना गीत !

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण व्यापार, व्यवसाय साथै मनोरञ्जन क्षेत्र बढी प्रभावित भएको छ । नेपालमा पनि कोरोनको संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्दै सरकारले चैत्र ११ देखि शुरु गरेको लकडाउनका कारण सिनेमा हल, चलचित्र तथा सांगीतिक कार्यकमहरुको प्रदर्शनमा रोक लगाउदा कलाकारहरु सामाजिक सञ्जाल मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन भने कतिपय कलाकारहरुले सचेतना बढाउने संदेशमूलक गीत र शर्ट मुभी सार्वजनिक गरेर मनोरन्जन प्रदान गरिरहेका छन।

यसै बिच चर्चित गायक दीपक बज्राचार्यले भने कोरोना संक्रमणबाट बच्‍न सचेतनामूलक गीत लिएर आएका छन। युनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक दीपक बज्राचार्यले सचेतना फैलाउने कोरोना गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेका हुन। रिकी शाक्यको शब्द र दीपककै संगीत रहेको गीतमा दीपकलाई स्वरमा उनकै छोरी चेरिसा बज्राचार्यले साथ दिएकी छिन् । कोरोना भाइरसको उक्त गीतमा जनचेतनाको लागि अंग्रेजीमा ‘सब टाइटल’ राखिएको छ।

 

नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउँदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै र नेपाली बाजाहरुको तालमा विश्वलाई नै नेपाली संगीतको तालमा नचाउने भिजन तथा मिसनमा लागेका गायक बज्राचार्यले यो गीतको म्युजिक भिडियोमा पनि नेवारी धिमे बाजा, नेवारी कल्चरल लाखे नाच समेत देखाइएको छ। यस्तै लिड गीतारमा रोजन कायस्थ, झाक्री डान्सरमा लिजेन्द्र महर्जन, लाखे डान्सरमा राजीव बज्राचार्य, धिमेमा नरेश प्रजापति, बासुरीमा सुमन महर्जन, कीबोर्डमा सचेन बज्राचार्य र हाइ पर्सुसनमा मनिक महर्जनले साथ दिएका छन।

कोरोना भाइरसका कारण चैत्रको पहिलो हप्ता अस्ट्रेलिया र न्युजिल्यान्डमा सांगीतिक कार्यक्रम बीचमै कार्यक्रम छाडेर नेपाल फर्किएका दीपक र उनको ब्याण्ड रिदमले नेपाल फर्के पछि पनि घरमा १४ दिन क्‍वारेन्टाइनमा बिताएका थिए ।

लामो लकडाउनको बसाइमा गायक गायक बज्राचार्य र छोरी चेरिसाले म्युजिक मेडिसिन अभियान अन्तर्गत फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन् ।

टिप्पणीहरू