२० वर्षे युवकको साथमा १० किलो गाँजा

२० वर्षे युवकको साथमा १० किलो गाँजा

थानकोटमा २० वर्षे युवकको साथबाट १० किलो गाँजा फेला परेको छ । धादिङको थाक्रे गाउँपालिका २ घर भएका २० वर्षे तेज तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई हिजो साँझ बा. ८० प १०३३ नम्बरको मोटरसाइकलमा धादिङबाट काठमाडौंतर्फ आउँदै गर्दा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले १० किलो गाँजासहित पक्रेको हो । उनले मोटरसाइकल पछाडि राखिएको जेब्रा झोलामा लुकाई ल्याएको १० किलो गाँजा र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

तामाङलाई नियन्त्रणमा लिएर लागु औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भइ प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू