राजधानीमा दिनदहाडै अबला नारीमाथि लुटपाट

राजधानीमा दिनदहाडै अबला नारीमाथि लुटपाट

संघीय राजधानी काठमाडौँमा दिउँसै एक महिला लुटिएकी छिन् । बाटोमा हिंडिरहेकी महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बालाजु नजिकै माछापोखरी बस्ने धरानका २८ वर्षीय ज्ञानेन्द्र सेञ्चुरीलाई प्रहरीले लुटपाट गरेको अभियोगमा हिजो नियन्त्रणमा लिएको हो । सेञ्चुरीले टोखाको जाल्पाचोक भुवनेश्वर मार्गमा हिंडिरहेकी बृद्ध महिलाको घाँटीबाट सुनको सिक्री तानी भागेका थिए ।

त्यो सिक्री माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको भएको प्रहरी अनुसन्धानबाट थाहा भएको हो । प्रहरीका अनुसार सेञ्चुरीको साथमा थप तीन थान सिक्रीसमेत फेला परेको छ ।

टिप्पणीहरू