चपाउन नमिल्ने मतपत्र छापियोस् : एमाले सांसद

चपाउन नमिल्ने मतपत्र छापियोस् : एमाले सांसद

नेकपा एमालेकी सांसद दिलकुमारी रावल थापाले चपाउन नसकिने मतपत्र छाप्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । आज बसेको राष्ट्रिय सभा बैठकमा उनले वर्तमान निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको उल्लेख गर्दै उक्त आग्रह गरेकी हुन् ।

निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागु गर्नुपर्ने उनको भनाइ छ । भयरहित रुपमा निर्वाचन सम्पन्नको प्रबन्ध मिलाउन थापाले आयोगको ध्यानाकर्षण गराएकी छन् । सांसद थापाले गणतन्त्र र संघीयतालाई बलियो बनाउन निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले भनिन्, ‘विद्युतीय मतदान प्रणाली लागू गर्न, नच्यातिने र चपाउन नसकिने मतपत्र बनाउन तथा मतपेटिका साट्न नसकिने बनाउन र मतगणनास्थललाई तारबारले व्यवस्थित, विगतको कालो दिन दोहोरिन नदिने आयोगको दायित्व हो, आयोगको यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

टिप्पणीहरू