किन लैजान खोजिन्छ भारतमा बियर ?

किन लैजान खोजिन्छ भारतमा बियर ?

झापामा भन्सार छलेर भारततर्फ लैजान खोजिएका विभिन्न ब्राण्डका बियरसहित एक जना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका ४ स्थित नेपाल भारत सीमानाको दशगजा क्षेत्रबाट धेरै कार्टुन बियरसहित कपिल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

देउमाई नगरपालिका २, इलाम बस्ने २३ वर्षीय मगरले को.१ च ६२३४ नम्बरको पिकअपमा भन्सार छलेर विभिन्न ब्राण्डका बियर भारततर्फ लैजान खोजेका थिए ।

सोही क्रममा प्रहरीले एक सय ४२ कार्टुन बियर, कोक १ कार्टुन, स्प्राईट ३ बण्डल, कोकाकोला २ बण्डल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई आवश्यक कारबाहीको लागि प्रहरीले भन्सार कार्यालय भद्रपुरमा बुझाइएको छ ।

टिप्पणीहरू