चीन गुहार्दै युक्रेनी राष्ट्रपति

चीन गुहार्दै युक्रेनी राष्ट्रपति

रुस र युक्रेनबीच भइरहेको चार महिना लामो युद्धपछि युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले चीनका राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताएका छन् ।

उनले चाइना मर्निङ पोष्टसँगको अन्तर्वार्तामा रुससँगको युद्ध अन्त्यका लागि चीनले पहल गर्नुपर्ने पनि जेलेन्स्कीले बताएका छन् ।

चीन निकै शक्तिशाली राष्ट्र भएको, शक्तिशाली अर्थतन्त्र रहेकाले रुसलाई राजनीतिक र आर्थिक प्रभाव पार्न सक्ने सामथ्र्य चीनसँग रहेको जेलेन्स्कीको भनाइ छ ।

युक्रेनको डोनबास क्षेत्रमा लगातारको भिडन्तमा युक्रेन कमजोर बन्दै गएको र अमेरिकाले पनि साथ छाड्ने संकेत पाएपछि जेलेन्स्कीले चीन गुहारेको अनुमान गरिएको छ । तर चीनले आफू रुसको पक्षमा रहेको यसअघिका गतिविधिले नै पुष्टि गरिसकेको छ ।

टिप्पणीहरू