गोपीलाई घर नजिकैको खोलाले बगायो

मकवानपुरमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । राक्सिराङ गाउँपालिका–३ घट्टेखोलास्थित मनहरी खोलाले बगाउँदा स्थानीय ४६ वर्षीय गोपी चेपाङको आज बिहान मृत्यु भएको हो ।

गोपीलाई खोलाले बगाएपछि स्थानीयहरूले उद्धार गरी घर लगेकोमा उनको केही समयपछि नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू