बालुवा बोकेको ट्रयाक्टर पल्टिँदा एकको मृत्यु, छ घाइते

बालुवा बोकेको ट्रयाक्टर पल्टिँदा एकको मृत्यु, छ घाइते

मुगुको छायाँनाथ रारा नगरपालिका–१३, रुघामा आज बिहान ट्रयाक्टर पल्टिँदा एकको ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।

कर्णाली नदीबाट बालुवा लोड गरेर बामतर्फ जाँदै गरेको लु. ४ त ७७६२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका स्थानीय ३५ वर्षीय लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार घाइते छ जनालाई उपचारको निम्ति जिल्ला अस्पताल पठाइएको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनापछि फरार ट्रयाक्टर चालकको खोजी भइरहेको छ ।

टिप्पणीहरू