आज पनि कोटेश्वरको सडकमा अर्काको ज्यान गयो

आज पनि कोटेश्वरको सडकमा अर्काको ज्यान गयो

गएराति कोटेश्वर नजिकैको सडकमा जीपको ठक्करबाट मोटरसाइल चालकको ज्यान गएको छ ।

काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जीपले सोही दिशातर्फ जाँदै गरेको बा.९७प ३१४३ नम्बरको मोटरसाइकललाई बालकुमारीमा ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौंको दक्षिणकाली नगरपालिका–८ का ३१ वर्षीय आशिष लामाको उपचारको क्रममा ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपसहित फरार चालकको खोजी भइरहेको प्रहरी प्रभाग इमाडोल, ललितपुरले जनाएको छ । पछिल्लो दुई सातामा उक्त सडक खण्डमा राति भएका दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

टिप्पणीहरू