चौतारो सफा गर्न लाग्दा नारायणीले बगायो

चौतारो सफा गर्न लाग्दा नारायणीले बगायो

आज चितवनमा एक जनालाई नारायणीले बगाएको छ । साँझ ५ बजेको समयमा भरतपुर १ मा रहेको जोरकुसुम पार्कको चौतारा सफा गर्ने क्रममा चिप्लिएर रमेश खनाल नारायणीमा बेपत्ता भएका हुन् ।

गोरखाको आरुघाट घर भई हाल भरतपुर २, क्षेत्रपुर बस्ने ४५ वर्षे रमेश खनाल चिप्लिएर नारायणी नदीमा खसेको खबरपछि प्रहरीले गरेको खोजीमा उनी फेला परेनन् । प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारसहितको टोलीले खोजी गरे पनि खनाल पत्ता नलागेका हुन् ।

टिप्पणीहरू