पाल्पामा जीप खस्यो, दुई घाइते

पाल्पामा जीप खस्यो, दुई घाइते

पाल्पामा जीप दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । रैनादेवी छहरा गाउँपालिका ३, झिरुवासमा लु १ ज २१६९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय अमिलेकी ५९ वर्षीया जुनकला पोखरेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते अर्की ४६ वर्षीया कमला आले र पोखरेलको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जीपका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताइएको छ ।

टिप्पणीहरू