गुडिरहेको बसमाथि ढुंगा खस्दा किशोरीको मृत्यु

गुडिरहेको बसमाथि ढुंगा खस्दा किशोरीको मृत्यु

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको ना.७ख५८११ नम्बरको रात्रि बसमाथि ढुंगा खस्दा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१, की १७ वर्षीया पार्वती शाही हुन् । उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा आज मृत्यु भएको हो ।

रत्न राजमार्गअन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा गुडिरहेको बसमा माथिबाट ढुंगा खसेको थियो । ढुंगा लागेर सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ४५ वर्षीया राजकुमारी सुनार घाइते भएकी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू