एमालेको सूचना

एमालेको सूचना

प्रमुख प्रतिपक्षी पार्टी नेकपा (एमाले) लाई एक थान ‘एम. अधिकारी’ आवश्यक परेको हुनाले इच्छुक कम्पनी वा सप्लायरले यथाशीघ्र उपलब्ध गराइदिनुहुन यो सूचना जारी गरिएको छ ।

एम. अधिकारी नेपालकै भए पनि यसको उत्पादन भने खोटाङमा भएको हुनुपर्नेछ । खोटाङबाहेक अन्य स्थानमा उत्पादित एम. अधिकारी ग्राह्य हुने छैन । तत्काल आवश्यक परेको हुनाले यथाशीघ्र उपलब्ध गराउन पनि अनुरोध गरिन्छ ।

एम. अधिकारी हेर्दा अन्दाजी वर्ष ६० जतिको हुनु पर्नेछ, छालाको रंग गहुँ गोरो वा हल्का कालो वर्ण भए पनि केही फरक पर्दैन । शिक्षाको सवालमा अर्थशास्त्रमा स्नातकोत्तर, त्यो नभए स्नातक, त्यो पनि नभए प्रविणता प्रमाणपत्र, त्यो पनि नभए आठ कक्षा पासको सर्टिफिकेट मात्र भए पनि पुग्छ । तर दुई र दुई जोड्दा चार हुन्छसम्म भन्न सक्ने हुनुपर्नेछ ।

काम खासै गाह्रो छैन । टेलिभिजनमा आएर मै एम. अधिकारी हो भनेर बोल्ने हो । केही गरी चुनावमा एमाले जितिहाल्यो भने नेपाल राष्ट्र बैंकको गभर्नर बनाइदिने पनि सम्भावना प्रवल छ ।

हाललाई अत्यन्तै खाँचो भएको कारण एक थान एम. अधिकारी शीघ्र उपलब्ध गराई त्यसको भ्याट बिल पनि पेश गर्न अनुरोध गरिन्छ ।

टिप्पणीहरू