भारतीय सीमानाकामा जताततै पैसा र गाँजा

भारतीय सीमानाकामा जताततै पैसा र गाँजा

नेपाल भारतबीचको सीमानामा स्रोत नखुलेको रकम भारतबाट यता ल्याउने, गाँजा उता लैजाने र भञ्सार छलिएका अन्य सामान पनि भारतबाट ल्याउने क्रम बढेको छ । सोही क्रममा गएराति रौतहटमा दुई सय केजी गाँजा फेला परेको छ भने हिजै झापामा पाँच लाख २१ हजार भारतीय रुपैयाँ फेला परेको छ ।

पाँच लाख भारतीय रुपैयाँसहित सशस्त्र प्रहरी बलले पाँच जनालाई नियन्त्रणमा लिएको हो । झापाको मेचीनगर नगरपालिका ८, पूर्व–पश्चिम लोकमार्गस्थित जोरसिमल चेक प्वाईण्टबाट सशस्त्रले पाँच लाख २१ हजार भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर भएका आनन्दकुमार सदेका, प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र दार्जिलिङ घर भएका चालक अविजित सिंह हुन् ।

सिलगढीबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको डब्लु.बि.७४ बि.एच. १६४३ नम्बरको टोयोटा कारलाई जाँच गर्ने क्रममा दुई हजार दरको एक सय एक थान र पाँच सय दरको छ सय ३८ वटा भारतीय नोट फेला परेको हो ।

बरामद गरिएको कार र रकमसहित उनीहरुलाई आवश्यक कारवाहीको निम्ति राजश्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

टिप्पणीहरू