गोरखामा पनि मोटरसाइकल चालकको मृत्यु

गोरखामा पनि मोटरसाइकल चालकको मृत्यु

गोर्खाको गोर्खा नगरपालिका–५ पश्चिमकालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा. ६५ प ५०५६ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे पल्टिँदा मोटरसाइकल चालक गोर्खा नगरपालिका–५ पश्लाङका २७ वर्षीय प्रदिप थापाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार गोर्खा–७, सतिपिपलका २९ वर्षीय सुरज गुरुङ र १३ वर्षीय चन्द्र गुरुङ घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पताल गोर्खामा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू