मोटरसाइकलसँगै लडेका रामचन्द्र उठेनन्

मोटरसाइकलसँगै लडेका रामचन्द्र उठेनन्

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

लु ४० प ५९८९ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे अनियन्त्रति भई पल्टिँदा रुपन्देहीकै मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

टिप्पणीहरू