ट्याक्टर दुर्घटनामा दुई मलामीको मृत्यु

ट्याक्टर दुर्घटनामा दुई मलामीको मृत्यु

संखुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । मलामी लिएर पिलुवाखोला गइरहेको को. २ त ३९६१ नम्बरको ट्याक्टर खाँदबारी–लेगुवा सडकखण्डस्थित चैनपुरमा आज दिउँसो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ट्याक्टरमा ४४ जना थिए । मृतक दुई जनाबाहेक सबै घाइते भएका छन् । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएकाहरुको तुम्लिङटारस्थित कामना अस्पताल र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू