चालकको हातखुट्टा बाँधेर कार लिएर भागेका भारतीय समातिए

चालकको हातखुट्टा बाँधेर कार लिएर भागेका भारतीय समातिए

डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारीलाई कुटपिट गरि कार लिएर भागेका भारतीय नागरिक पक्राउ परेका छन् । गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारीको कार लुटपाटमा संलग्न तीन जनालाई कैलालीको गोदावरी नगरपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार उनको कार गोदावरी नगरपालिका १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा बेवारिस अवस्थामा भेटिएको हो । त्यसपछि घटनामा संलग्न भारतीय नागरिकलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको बताइएको छ ।पक्राउ पर्नेमा हरियाणाका २१ वर्षे भगत सिंह, १७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट हुन् । भण्डारीले चलाएको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको कारमा लिफ्ट मागेर चढेका तीनै जना भारतीय नागरिकले आज बिहान उनलाई बाँधेर कुटपिट र लुटपाट गरेका थिए ।

चालकलाई फोटो खिच्ने बहानामा उनीहरुले सडकदेखि ५० मिटर तल लगेर कुटपिट गरेका हुन् । हातखुट्टा बाँधेर सडकबाट फालिएका उनको मोबाइल र पैसासहित कार लुटेर भागेका थिए । भण्डारीको पद्यमा अस्पताल गोदावरीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू