जीतपुरका प्रमुख प्रशासकीय अधिकृत पनि भ्रष्टाचारमा डामिए

जीतपुरका प्रमुख प्रशासकीय अधिकृत पनि भ्रष्टाचारमा डामिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उपमहानगरको १६ नम्बर वडामा रहेको पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खनन् गर्ने क्रममा ठूलो रकम हिनामिना गरेको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सेढाईसहित कलैया–६ को ओम सप्लायर्सका प्रोपाइटर ओमशंकर प्रसाद पनि यो मुद्दामा तानिएका छन् । सप्लायर्स कम्पनीउपर राजश्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पनि अख्तियारले मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा सेढाईसँग ९९ लाख ९९ हजार ९९९ रुपैयाँ र ओम सप्लायर्ससँग १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ बिगो दाबी गरिएको छ ।

टिप्पणीहरू