७० कटेपछि

७० कटेपछि

हालै मात्र नेकपा (एमाले) मा कुनै माननीयले यस्तो प्रस्ताव हालेको सुन्नमा आयो कि अब उप्रान्त ७० वर्ष नाघेका नेताले चुनाव लड्न नपाइने नियम लागू गरौँ ।

अब न हाँस्ने, न रुने । प्रस्ताव ल्याउनेले ल्याइसक्यो । तर लागू हुन्छ कसरी ? यदि ७० कटेका नेताले चुनाव लड्न पाइँदैन भन्यो भने देश कसले हाँक्छ ? पार्टी कसले हाँक्छ ?

पार्टीमा झगडा कसले गर्छ ? पार्टी कसले फुटाउँछ ? एक आपसमा सराप कसले दिन्छ ?आखिर पार्टी भनेपछि त्यो जीवन्त पनि त हुनुप¥यो नि । पार्टीलाई जीवन्त कसले बनाउँछ ? यही झैंझगडा, कलह आदि आदिले होइन ?

अब झैंझगडा गर्ने मान्छे नै भएन भने पार्टी जीवन्त कसरी हुन्छ ?७० कटेकालाई चुनाव नलडाएर पार्टी नै लडाउने दाउ हो कि क्या गाँठे !

टिप्पणीहरू