पेट्रोलियम पदार्थको मूल्य : १० रुपैयाँ घटाइयो, १२ रुपैयाँ बढाइयो

पेट्रोलियम पदार्थको मूल्य : १० रुपैयाँ घटाइयो, १२ रुपैयाँ बढाइयो

नेपाल आयल निगमले अबको साढे २ घण्टापछि पुनः पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णय गरेको छ । गत साता पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको निगमले आज रातिदेखि पेट्रोलमा आठ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढाउने सूचना जारी गरेको छ ।

अघिल्लो साता पेट्रोलको भाउ १८० रुपैयाँबाट १७० मा झारिएको थियो । अब रातिदेखि उक्त मूल्य प्रतिलिटिर १७८ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ बढाएर १६५ पुर्याइएको छ ।

सरकारले पेट्रोलियम पदार्थको भाउमा लगाइएको चर्को कर घटाउनुपर्ने आवाज उठिरहेको अवस्थामा उल्टै भाउ बढाउँदै लैजाने, कर नघटाउने कार्यले सर्वसाधारणको असन्तुष्टि चुलिने देखिएको छ ।पेट्रोलियम पदार्थको भाउमा आएको बढोत्तरी देखाउँदै बजारमा सबै उपभोग्य सामानको मूल्य बढेको छ । सर्वसाधारणलाई चुल्हो बाल्नै हम्मे पर्ने अवस्था सिर्जना हुँदै गएको छ ।

टिप्पणीहरू