महन्थ-राजेन्द्र सरकारमा जाने आधार तयार ?

महन्थ-राजेन्द्र सरकारमा जाने आधार तयार ?

नागरिकता अध्यादेशको आडमा केपी ओली नेतृत्वको अघिल्लो सरकारमा सहभागी भएकै शैलीमा सिंहदरबार छिर्ने उपाय खोजिरहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । आफ्ना माग सम्बोधन गराएको देखाएर सरकारमा जाने तयारीमा रहेको लोसपाले आज बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

अध्यक्ष ठाकुरसहितका नेताहरुले प्रधानमन्त्रीलाई दिएको ज्ञापनपत्रमा नागरिकता विधेयक पारित गर्न तथा मधेस आन्दोलनका बेला मुद्दा लगाएर थुनिएकाहरुलाई रिहा गर्न माग गरिएको छ ।संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाणपत्र प्रदान गर्न र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानूनी व्यवस्थालाई निरन्तरता दिनुपर्ने लोसपाको माग छ । त्यस्तै,मधेस आन्दोलन/ थरुहट आन्दोलन लगायत विभिन्न आन्दोलनमा लगाइएका मुद्दा फिर्ता गर्न र रेशम चौधरीलगायतका बन्दीलाई रिहाइ गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

त्यस्तै,स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने सुनिश्चितताको माग पनि लोसपाले गरेको छ ।

 

टिप्पणीहरू