पेस्तोल बोकेर मोटरसाइकलमा भरतपुर घुम्दै

पेस्तोल बोकेर मोटरसाइकलमा भरतपुर घुम्दै

पेस्तोल बोकेर मोटरसाइकलमा चितवनको भरतपुर घुम्दै गरेका एक जना पुरुष प्रहरीको फन्दामा परेका छन् । भरतपुर महानगरपालिका–५ श्रृष्टि चोकबाट एक थान कटुवा पेस्तोलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय वडा नम्बर ६ बस्ने ४० वर्षीय दिपक पुन हुन् । उनलाई प्रहरीले हिजो पक्राउ गरेको हो । ना.४५ प २७१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पुनलाई पेस्तोलसहित फेला पारेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू