नेपाल र चीन

नेपालको घाँस चीन लाने सुरसार,भर्खर सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनको तिब्बत प्रान्तबीच कृषि सहकारीसम्बन्धी विविध सहमति पत्रमा भर्खरै हस्ताक्षर भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्य तथा सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआनको विशेष आतिथ्यमा राजधानीमा आयोजित एक समारोहबीच उक्त सहमति भएको छ । आज बिहानदेखि शुरु भएको सत्रौं नेपाल–तिब्बत आर्थिक तथा व्यापार मेलाको प्रारम्भमा तिब्बतका चौंरी,याक,घोडा र च्याङ्ग्रालाई लामो हिउँदयाममा खुवाउन नेपालबाट विशेष पोषिलो घाँस हेइलेज उत्पादन र खरि…