प्रमुख प्रतिपक्षी दल

रवि लामिछानेलाई उम्काउन नयाँ भाष्य बनाइएको काँग्रेसको ठहर

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग पूरा नभए संसद्को बजेट अधिवेशन चल्न नदिने संकेत दिएको छ । उक्त माग राख्दै संसदको अघिल्लो अधिवेशनका बैठकहरु बारम्बार अवरुद्ध पारेको उसले पूर्ववत् अडान कायम रहेको प्रष्ट पारेसँगै बजेट अधिवेशन प्रभावित हुने देखिएको छ ।  पार्टीका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरुको अडान यथावत रहेको बत…