जस्तापाताको संरचना मात्रै भत्काउने ?
‘साना भत्काउने, ठूला छोड्ने !’ सन्दर्भ हो, काठमाडौं महानगरपालिकाको । स–साना संरचना भत्काउन मेयर बालेन्द्र (बालेन) साहको फौज डोजर लिएर पुगिरहँदा अवैध रुपमा बनेको ठूला संरचनाको हकमा भने आँखा चिम्लेर बसेको छ । जसका कारण उनीहरुको नियतमाथि प्रश्न उठिरहेको छ । बालेनले मेयरमा निर्वाचित भएदेखि नै मापदण्डविपरीत र अवैध संरचनामाथि कडाइ गरेका छन् ।
तर, महानगर प्रहरीको टोलीले ताकिताकि पहुँच नहुनेको मात्रै संरचना भत्काउँदै आएको छ । जस्तापाताको संरचन…