रामचन्द्र पौडेल

खाद्यसम्बन्धी विधेयकमा लाग्यो लालमोहर

राष्ट्रपति रामचन्द्र पौडेलले ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनबाट पारित भएर 'लालमोहर'का लागि शीतल निवास पुगेको विधेयक आज राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त विधेयक प्रमाणीकरण गर्नुभएको ज…