मानव अधिकार

युद्धमा फसेका नेपालीको उद्धार गरियोस् : मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेन युद्धबाट प्रभावित नेपाली नागरिकको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । आयोग प्रवक्ता सहसचिव डा.टीकाराम पोखरेलले युद्धमा फसेका नेपालीको उद्धारका सन्दर्भमा उनीहरुका आफन्त १७ दिनदेखि अनसनमा रहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  काठमाडौंको रत्नपार्कमा जारी आमरण अनसनस्थलको आयोगले अनुगमन गरेको उल्लेख गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखिको आमरण अनसनका कारण अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्था कमजो…