मन्त्रिपरिषद्को कार्यालय

सम्पत्ति विवरण सार्वजनिक गरिदिन गृहमन्त्रीलगायतको आग्रह

सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेका छन् । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन छुट्टाछुट्टै पत्र लेखेका हुन् । मन्त्रीमा नियुक्त भएपछि प्रचलित कानूनबमोजिम तोकिएको समयमा बुझाइएको …