ज्याकलिन

मुम्बईबाट आएकी ज्याकलिन विमानस्थलबाट सोझै दरबारमार्गमा

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । भोलि साँझ याक एण्ड यति होटलमा हुन लागेको ‘ज्वेलरी फेसन रनवे’ मा सहभागी हुन उनी नौ जनाको टोलीसहित काठमाडौं आइपुगेकी हुन् ।  आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा ज्वेलरी फेसन रनवे आयोजना गर्न लागेको बताइएको छ । ज्याकलिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वेलर्सका प्रमुख रिकेन महर्जनले स्वागत गरेका थिए । टोलीलाई दरबारमार्गस्थित याक एण्ड यति होटलमा बस्ने प्रबन्ध मिलाइएको छ ।…