प्रेम घले

मन नपर्ने कमरेडहरू ढोकाबाहिरै

घण्टौँ कुर्दा पनि बालकोटमा केपी ओलीलाई भेट्न नपाएपछि सिधै पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका एमाले गण्डकी प्रदेश सदस्य तथा क्व्होलासोथर गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम घलेले कार्यालय सचिव डा. भीष्म अधिकारीसँग कानेखुशी गर्दै बसेकातिर इंगित गरेर सोधे– उहाँ को हो ? लमजुङका अधिकारीले अध्यक्षको स्वकीय राजेश बज्राचार्य भनेर के भनेका थिए घले बम्किन थालिहाले । ‘दश–पन्ध्रचोटि फोन गर्दा पनि किन उठाउनु भएन ? म माग्न आएको हो र ? त्यति टाढाबाट आएको अध्यक्षलाई पाँ…