कुलपति

अमेरिका घुमेपछि बल्ल फुर्‍यो नाम

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति अहिले ‘अ‍ैँचोपैँचो’ तिर्न कति व्यस्त छन् भने, अमेरिका भ्रमणको चाँजोपाँचो मिलाइदिएबापत पुरस्कार भुक्तान नगरी भएन । हालै प्रज्ञा प्रतिष्ठानले विधागत रूपमा दीर्घसाधना गरिरहेका १० जना विशिष्ट प्रतिभाहरूलाई प्रज्ञा पुरस्कार –२०८० दिने निर्णय गर्‍यो ।  जसमा पुच्छरमा पदम विश्वकर्माको नाम देख्न सकिन्छ । अनेसासको पूर्वअध्यक्ष र वर्तमान ट्रष्टी । त्यसकै सौजन्यमा अघिल्लो महिना कुलपति भुपाल राई र बाबा बस्नेतहरूलाई अमेरिका घुमाए ।…