होम बैंकिङ्गसहित सर्वश्रेष्ठ सुविधाले भरिपूर्ण जेष्ठ नागरिक लक्षित एनआईसी एसियाको पहिलो खाता

होम बैंकिङ्गसहित सर्वश्रेष्ठ सुविधाले भरिपूर्ण जेष्ठ नागरिक लक्षित एनआईसी एसियाको पहिलो खाता

एनआईसी एसिया बैंकले जेष्ठ नागरिकहरूको सम्मानमा सञ्चालनमा ल्याएको ‘सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता’ मा उनीहरुलाई आवश्यक होम बैंकिङ्ग सुविधासहित सर्वाधिक फाइदाहरु दिएको छ ।

‘सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता’ अन्तर्गत तीन किसिमका खाता छन् । न्यूनतम २५ हजार रुपैयाँ मौज्दात रहनु पर्ने ‘द पार्टनर अफ एनआई एसिया’, न्यूनतम ५० हजार रुपैयाँ मौज्दात रहनु पर्ने ‘द प्राइड अफ एनआईसी एसिया’ र न्यूनतम एक लाख रुपैयाँ मौज्दात रहनु पर्ने ‘एनआईसी एसिया गुडविल एम्बेसडर’ खाता । यी खातामा वार्षिक ८ दशमलब ०३ प्रतिशतको ब्याजदर दिइएको छ ।

यी खातामा उपलब्ध सवार्धिक ब्याजदरसहितका अनेकौं फाइदा नेपालको बैंकिङ्ग क्षेत्रमै जेष्ठ नागरिक लक्षित खाताहरूमध्ये सर्वाधिक रहेको बताइन्छ । बैंकले जेष्ठ नागरिकहरूको अवस्था र उनीहरुलाई लक्षित गरेर नेपालमै नौलो प्रकारको फाइदा भएको बचत खाता ग्राहकसमक्ष ल्याएको हो ।

बैंकले जेष्ठ नागरिकहरूको मेहनतको कमाइमा बैंकले उच्चतम प्रतिफल दिने सोचअनुरुप बचत खातामै मुद्दती निक्षेपको ब्याज प्राप्त हुने योजना ‘स्विप इन–स्विप आउट’ सुविधा पनि दिएको छ । बैंकका अनुसार यो सुविधाअन्तर्गत खातावालाको बचत खातामा कुनै पनि दिन दुई लाखभन्दा बढी रकम मौज्दात भएमा, उक्त बढी रकमलाई १० हजारले गुणन गरी बैंकले तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ ।

त्यस्तै सो रकममा मुद्दती खाताकै सरह वार्षिक उच्चतम ब्याजदर खातावालालाई उपलब्ध गराइने दाबी गरिएको । जसकारण बचतकर्तालाई बचत खातामै राखेको रकममा समेत मुद्दती निक्षेपको ब्याजदर बराबरको लाभ प्राप्त गर्ने सुविधा उपलब्ध छ ।“यसरी प्राप्त हुने लाभ बचत खाताको भन्दा करिब ४३ प्रतिशतभन्दा बढी रहेको छ । यस सुविधाले गर्दा खातावालाले मेहनत गरेर कमाएको रकममा सर्वाधिक उच्च ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने । मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम ग्राहकको आवश्यकताअनुसार बिना झन्झट सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिने व्यवस्था गरिएको बैंकले बताएको छ । बैंकका अनुसार यदि ग्राहकले तीन महिना अगावै (म्याच्युरिटी हुनुअघि) रकम स्विप आउट अथवा झिकेको खण्डमा सो रकममा बचत खाताकै ब्याजदर प्राप्त हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बीमा सम्बन्धी फाइदा

‘सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता’ खोल्ने जेष्ठ नागरिकले ८४ लाख रुपैयाँसम्मको बीमाको फाइदा प्राप्त गर्न सक्ने बैंकले बताएको छ । जसअनुसार गुडविल एम्बेसडर श्रेणीको खातावाला र उसबाट मनोनित तीन अन्य व्यक्ति गरी कुल चार जनाले प्रतिव्यक्ति २१ लाख रुपैयाँसम्मको बीमा फाइदा प्राप्त गर्नेछन् ।

उक्त बीमा सुविधाअन्तर्गत दुर्घटनाबाट पूर्ण शारीरिक अशक्तता वा मृत्यु भएमा १० लाखको दुर्घटना बीमा, १८ वटा विभिन्न घातक रोगहरूको उपचारका लागि १० लाखको घातक रोग बीमा, मेडिकल जाँच वापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार) सम्मको मेडिकल बीमा फाइदा रहेको बैंकले जानकारी दिएको छ ।

यी बीमा फाइदावापत लाग्ने प्रिमियम बैंक स्वयम्ले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई तिर्ने व्यवस्था गरिएको छ । २०७५ चैत्र २० देखि बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने योजनाअनुरुप हालसम्म मुलुकका आठ सय ८१ जनाभन्दा बढी ग्राहकलाई बीमा वापत चार करोड ६५ लाखभन्दा बढी रकम सहज रुपमा भुक्तान गरिसकेको बैंकले बताएको हो ।

साथै, बैंकले जेष्ठ नागरिकलाई प्रिभिलेज बैंकिङ्ग सुविधा दिने योजना पनि अघि सारेको छ । यसअन्तर्गत सेवा प्रवाहको लागि बैंकले तोकेको समयको आधा समयभित्र सेवा प्रदान गरिनेमात्र नभई यदि अघिल्लो कार्यदिनमा न्यूनतम १० लाखसम्म मौज्दात रकम रहेको अवस्थामा अधिकतम मासिक पाँच पटकसम्म रकम जम्मा गर्न वा निकाल्न बैंकको प्रतिनिधि घरमै आई सुविधा दिने व्यवस्था समेत गरिएको छ । नेपालकै बैंकिङ्ग क्षेत्रमा पहिलो पटक ‘होम बैंकिङ्ग’ को यो अवधारणा एनआईसी एसिया बैंकले ग्राहकसमक्ष ल्याएको हो ।

अन्य फाइदाहरू

बैंकले ‘सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता’ खोल्ने ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सुविधा पाउने गरी डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता र मेरो शेयरको शुल्क निःशुल्क उपलब्ध गराउने छ । यसैगरी, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले तीन प्रकारका कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

यस बचत योजनाअन्तर्गत ग्राहकहरूले अधिकतम पाँच लाख सम्मको क्रेडिट कार्ड सीमा रहनेछ भने क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने गरिएको छ । यस वापतको वार्षिक शुल्क समेत निःशुल्क बनाइएको छ । यस्तो खालको सुविधा उक्त बैंकले मात्र विशेष रूपमा उपलब्ध गराउँदै आएको हो । यसबाहेक पाँच वर्षसम्मका लागि प्रिपेड डलर कार्डको सुविधा पनि बैंकले निःशुल्क उपलब्ध गराएको छ ।

‘यस बैंकमा बचत खाता भएका ग्राहकले एक निर्देशनको आधारमा मासिक निक्षेप खातामा समेत रकम स्थानान्तरण गर्न सक्नुहुनेछ र सो खातामा उच्चतम ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने, ‘ग्राहक महानुभावले आफ्नो बचत हरेक महिना कति रकम मासिक निक्षेप खातामा ट्रान्सफर गर्ने भनेर बैकको शाखामा गएर एक पटक निर्देशन दिनु पर्दछ, त्यसरी निर्देशन दिएपछि तोकिएको रकम उहाँको खातामा स्वतः स्थानान्तरण हुनेछ ।’

ग्राहकले चाहेको समयमा आफैंले खाताबाट मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्गको प्रयोग गरी थप रकम मासिक निक्षेप खातामा जम्मा गर्न सक्ने गरी समेत बैंकले व्यवस्था गरेको बताइएको छ । विशेषतः जेष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता वा पेन्सन आदिबाट प्राप्त हुने रकम बैंकको खाताबाट यो खातामा स्थानान्तरण गरेर अधिकतम ब्याजदेखि तीन प्रकारका बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन प्रकारका कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ प्रकारका अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा पाउने बैंकले जानकारी दिएको छ । मासिक निक्षेप खातामा खाता खोल्दाको बखत प्राप्त हुने ब्याजदर पूरा अवधिभर परिवर्तन नहुने व्यवस्था समेत गरेको बैंकले जनाएको छ ।

टिप्पणीहरू