तेल र ग्यासको भुक्तानी बिटक्वाइनमा

तेल र ग्यासको भुक्तानी बिटक्वाइनमा

रुसले तेल र ग्याँसको भुक्तानी लिन बिटक्वाइन प्रयोग गर्ने भएको छ । पश्चिमा मुलुकहरुको कडा प्रतिबन्ध खेपिरहेको रुसले इन्धनको निर्यातवापत प्राप्त हुने रकममा बिटक्वाइन प्रयोग गर्न लागेको हो ।

रुसी सांसद पाभेल जाभाल्नीका अनुसार मित्रराष्ट्रहरूले तेल र ग्यासको रकम क्रिप्टोकरेन्सी वा आफ्नो स्थानीय मुद्रामा भुक्तानी गर्न सक्नेछन् ।

गतसाता राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो समर्थन नगर्ने राष्ट्रहरुले प्राकृतिक ग्यासको भुक्तानी रुसी मुद्रा रुबलमै गर्नुपर्ने बताएका थिए । रुसलाई यो वर्ष इन्धन बिक्रीबाट २० प्रतिशतभन्दा बढी घाटा हुने भएपछि यस्तो कदम चालिएको हो ।

युक्रेनमाथि हमलापछि अमेरिका,बेलायत,युरोपेली युनियनलगायतले रुसमाथि कडा प्रतिबन्धहरू लगाएका छन् जसका कारण रुसी मुद्रा रुबल कमजोर बनेको छ । यसबीच रुसमा महँगी आकासिएको छ । यद्यपि, रूस अझै पनि प्राकृतिक ग्यासमा विश्वको सबैभन्दा ठूलो निर्यातक र तेलको दोस्रो ठूलो आपूर्तिकर्ता मुलुक हो ।

टिप्पणीहरू