नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक रहेको ग्लोबल आइएमई क्यापिटलका अनुसार उक्त लघुवित्तको आईपीओमा २५ लाख २७ हजार १ सय १ जनाले आवेदन गरेका थिए । उनीहरुबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ता शेयरको लागि २ अर्ब ८७ करोड ८१ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।

४ हजार १ सय १४ जनाको आवेदन रद्ध भएपछि कायम रहेका २५ लाख २२ हजार ९ सय ५५ जना योग्य आवेदकको निम्ति २ करोड ८७ लाख ३४ हजार १० कित्ता सेयर बाँडफाँडको लागि योग्य भएको हो ।

१० कित्ताका दरले बाँडफाँड गर्दा ७७ हजार ४ सय ५६ जनालाई सेयर परेको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको बिक्री प्रबन्धकको भनाइ छ । त्यसमध्ये ३ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् ।

नेष्डो समृद्ध लघुवित्तको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

टिप्पणीहरू