बचत खाता: एनआईसी एशिया बैंकको लाभकारी योजनामा सर्वोत्कृष्टता
देशभित्र बैंकिङ सेवाको विस्तारसँगै आफ्ना ग्राहकलाई बढीभन्दा बढी सेवासहितका योजनाहरू पस्कने नाममा अहिले ‘क’ वर्गका वाणिज्य बैंकहरूबीच प्रतिस्पर्धा नै चलेको छ । उक्त प्रतिस्पर्धाको फाइदा सर्वसाधारण निक्षेपकर्ताले पउन थालेका छन् । यस क्रममा नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा चिनिएको एनआईसी एशिया बैंकले नेपालको बैंकिङ क्षेत्रमै उत्कृष्टतासहित ठूलादेखि साना निक्षेपकर्तासम्मको हितलाई दृष्टिगत गर्दै विशेष लाभकारी योजनासहितका निक्षेप योजनाहरू अघि सारेको छ ।
त्यस्ता योजनाहरुमध्येको एउटा योजना हो ‘सर्वश्रेष्ठ बचत खाता’ । उक्त बचत खाता योजना नामले मात्र होइन, यसका विशेषताकै कारण नेपालको बैंकिङ क्षेत्रका बचत खाता योजनाहरूमध्ये सर्वश्रेष्ठ भएको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् । किनकी, बचत खाता खोल्दा निक्षेपकर्ताले एकाध होइन, पाँच वर्षसम्म ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा योजनासहितका तीन किसिमका बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू पाउन सक्ने व्यवस्था गरिएको छ । यसअघि केही बैंकका एकाध बचत योजनामा बीमाको फाइदा समावेश गरिएको थियो । तर त्यो पनि त्यो लामो अवधिको थिएन । स्वयम् एनआईसीले नै २०७८ कार्तिक १ देखि ‘सर्वश्रेष्ठ बचत खाता’ योजना अघि सार्दा यसमा एक वर्षे अवधिको मात्र बीमा योजना थियो । बचत खातासँगै जोडिएको बीमा योजनाले निक्षेपकर्तालाई बीमाको पहुँचभित्र लैजान मद्दत पुर्याउँछ ।
‘अहिले नेपालका ३० प्रतिशतभन्दा कम जनसंख्यामा मात्र बीमा फाइदा पुगेको अवस्थामा यसरी बचत खातामै बीमा फाइदा जोडिँदा त्यसले देशभित्र बीमाको पहुँच बढाउनमा मद्दत पुग्छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने भन्छन्, ‘यसअघि सर्वोत्कृष्ठ बचत खातामा एक वर्षका लागि मात्र बीमा योजना समावेश रहेकोमा हामीले यसलाई विस्तार गरेर पाँच वर्षे अवधि पु¥याइएको छ । यसबाट निक्षेपकर्ताहरू लाभान्वित हुनुहुने हामीले विश्वास लिएका छौं ।’
बैंकका अनुसार सर्वाधिक उच्च ब्याजदर भएको उक्त बचत योजनामा तीन बीमासम्बन्धी योजनाबाहेक तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदासहित अन्य १८ अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा फाइदा समेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
बैंकका अनुसार बचतकर्ताहरूका लागि पाँच वर्षसम्म निःशुल्क फाइदा पाउने गरी डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता र मेरो शेयर शुल्क निःशुल्क उपलब्ध हुनेछ । यसैगरी, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा फाइदा समेत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
उक्त बचत योजनाअन्तर्गत ग्राहकले अधिकतम ५ लाख रुपैयाँसम्म क्रेडिट कार्ड सीमा रहनेछ भने क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने र यसवापतको वार्षिक शुल्कसमेत निःशुल्क रहेको छ । यस किसिमको सुविधा एनआईसी एशिया बैंकले मात्र विशेष रूपमा उपलब्ध गराउँदै आएको अधिकारीहरुको दाबी छ । यसबाहेक पाँच वर्षसम्मका लागि प्रिपेड डलर कार्डको फाइदा पनि बैंकले निःशुल्क उपलब्ध गराएको बताइन्छ ।
बैंकका प्रमुख सूचना अधिकारी, नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेका अनुसनर बैंकले आफ्ना ग्राहक सेवालाई सर्वोत्कृष्टता प्रदान गर्ने क्रममा सर्वश्रेष्ठ बचत खातालाई पनि सोहीअनुसार परिस्कार र विस्तार गरेको हो । पाण्डेका अनुसार यी थपिएका र विस्तार गरिएका सुविधाहरू यसअघि सर्वश्रेष्ठ खाता खोलिसकेका ग्राहकले समेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्ने व्यवस्था गरिएको छ ।
| क्र.सं. | विवरण | फाइदा |
| १ | डेबिट कार्ड | पाँच वर्षको लागि निःशुल्क |
| २ | मोबाइल बैंकिङ्ग | पाँच वर्षको लागि निःशुल्क |
| ३ | इन्टरनेट बैंकिङ्ग | पाँच वर्षको लागि निःशुल्क |
| ४ | क्रेडिट कार्ड सीमा | अधिकतम रू. ५ लाखसम्म |
| ५ | क्रेडिट कार्ड जारी शुल्क | निःशुल्क |
| ६ | क्रेडिट कार्ड वार्षिक शुल्क | पाँच वर्षको लागि निःशुल्क |
| ७ | प्रिपेड डलर कार्ड | पाँच वर्षको लागि निःशुल्क |
| ८ | डिम्याट खाता एवं मेरो शेयर शुल्क | पाँच वर्षको लागि निःशुल्क |
| ९ | चेक क्लियरिङ | पाँच वर्षको लागि निःशुल्क |
| १० | RTGS | पाँच वर्षको लागि निःशुल्क (नेपाल भित्र मात्रै) |
| ११ | IPS/CPS/Fund Transfer | पाँच वर्षको लागि निःशुल्क |
| १२ | लकर दस्तुर | पाँच वर्षको लागि निःशुल्क |
| १३ | लकर मार्जिन | पाँच वर्षको लागि १०० प्रतिशत मिनाहा |
| १४ | Portfolio Management सेवा शुल्क | पाँच वर्षको लागि ५० प्रतिशत छुट |
| १५ | ई–कमर्श सुचारु तथा वार्षिक शुल्क | निःशुल्क सुचारु एवं पाँच वर्षको लागि निःशुल्क |
| १६ | स्विप इन–स्विप आउट फाइदा | खातामा रू. २ लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी ३ महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त हुनेछ । |
| १७ | एटीएम शुल्क | देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निःशुल्क |
| १८ | विदेशी मुद्रा -USD, GBP, EUR, CAD र AUD_ सटही | २५ पैसा Premium वा Rebate |
यो बैंकको मुलुकभर ३ सय ५८ शाखा कार्यालय र ४ सय ७३ एटिएम छन् । त्यसैगरी ७६ वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बनेको छ ।
टिप्पणीहरू