महामारी रोकथामका लागि कागज नारा काटिए

rpt

“यो कागज नारा हालको परिस्थितिको आधारमा सिर्जना गरिएको हो। चिकित्सक समूहले हामीलाई सुरक्षा दिएका साथै सबै जना रोकथाम गरे भने वसन्त ऋतु समयमै आउनेछ।” हालमा ६३ वर्षिय युन्नान होङह हानी र यी स्वायत्त प्रदेशका अमूर्त सांस्कृतिक विरासतको प्रतिनिधिमूलक उत्तराधिकारी वु शिचुले महामारी रोकथामका लागि कागज-कट कृतिको सिर्जना गरे।

वु शिचुले महामारी रोकथामका कागज नारा काट्ने विचार उनको छोराको ख्यालबाट आएको हो। वु शिचुका छोरा तङ फेङ एउटा गाउँबस्तीको काडर हो। नोभेल कोरोनाभाइरस निमोनिया महामारीको फैलनुका साथै तङ फेङको काम झन् व्यस्त भएको छ। वु शिचुले आफ्नो शिल्प प्रयोग गरेर महामारी रोकथामका लागि केही काम गर्ने निर्णय गरे। “फ्रन्टलाइनका कर्मचारीको तुलनामा म धेरै सामान्य काम गर्दछु। तर मलाई आशा छ कि मेरो कागज काट्ने कामले स्थानीय महामारी रोकथामको प्रचारमा मद्दत दिनसक्छ, र मानिसहरूले यस वातावरणमा सचेततापूर्वक काम गर्नसक्छन्। म आफ्नो देश र भूमिको रक्षा गर्न केही योगदान दिन चाहन्छु।” वु शिचुले यसरी भने। (वाङ डान याङ चिहुइ)

नेपालीबाट चिनियाँमा अनुवाद : ह ठाव रूङ

टिप्पणीहरू