आइएमई पे प्रयोगकर्ताहरुलाई किराना खरिद गर्दा दश प्रतिशत छुट

आइएमई पे प्रयोगकर्ताहरुलाई किराना खरिद गर्दा दश प्रतिशत छुट

आइएमई पे वालेट एप प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १०% छुट पाउने अफर सार्वजनिक गरेको छ । सबै जसो पसल तथा व्यवसायीहरु र आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त भएको मध्यनजरलाई ध्यानमा राखेर आइएमई पे ले यो अफर सार्वजनिक गरिएको हो ।

आइएमई पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा विभिन्न QR प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पे ले Scan Any QR अभियान मार्फत नेपाली बजारमा रहेको सम्पूर्ण QR स्कान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुबिधा ल्याएको छ ।

साथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनु हुनेछ । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् ।

सोही क्याम्पियनमा आइएमई पे मोबाईल वालेटमार्फत मात्रै १०% छुट (रु. १०० सम्म मात्र) पाउँनेछ र स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट ID ले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १०% छुट पाउनेछ । यो अफर सीमित अवधिको लागि मात्र लागु गरिएको छ ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

टिप्पणीहरू