‘चीन–नेपाल’ चिया घोडा सडकको पुनः यात्रा सुरु

जनवरी ५ मा ‘वेल्ट एण्ड रोड’ चिनियाँ चिया सभ्यता यात्राअन्तर्गत ‘चीन–नेपाल’ चिया घोडा सडकको पुनः यात्रा बेइजिङमा सुरु भयो ।


उक्त कार्यक्रममा १२० घोडाहरुको ठूलो दल पुअर चियाको १०८ स्ट्याक (प्रति स्ट्याकको १८ व्यारेल अथवा १२६ डल्लो चिया छ) बोक्ने गरी चीनको दक्षिण–पश्चिम सिमानामा पर्ने सिशुआङबनादेखि चीन–नेपाल ऐतिहासिक चिया घोडा सडक हुँदै ल्हासा पुगिन्छ अनि नेपालको लुम्बिनीसम्म पुग्नेछ । ४२०० किलोमिटर भन्दा लामो यात्रा र लगभग ७ महिनाको अवधिमा समुद्री सतहबाट ५००० मिटरभन्दा बढी अग्ला दुइटा हिउँले ढाकिएका पहाडहरु नाघ्नेछ र नोभेम्बर २०२० मा लुम्बिनी पुग्ने अपेक्षा गरिनेछ । कार्यक्रमको क्रममा चिया सांस्कृतिक आदानप्रदान कार्यक्रमहरु युन्नानका गाओजुआङ, पुअर, डाली प्राचीन शहर, लिजियाङ प्राचीन शहर, शाङ्गृ–ला र तिब्बतका लिनची र ल्हासा आदि शहरमा आयोजित हुनेछन् ।


नेपाली राजदूत लीलामणि पौडेलले आफ्नो भाषणमा चिया घोडा सडक हिमालयको इतिहासमा सबभन्दा पुरानो व्यापार मार्ग हो भन्नुभयो । हाम्रा पुर्खाहरुले हिमालय पार गरी ज्ञानको खोजी र जीवनको सुधार गर्न जोखिम गरे, गहिरो उपत्यका र दुर्गम पर्वतमा मार्गहरु खोले । उनीहरुले संसारका सबभन्दा पुराना सभ्यताहरु बीचको गाँठो स्थापित गरे र विभिन्न सभ्यता र ज्ञानको आदानप्रदानलाई पनि प्रवर्धन गरे । यी आदानप्रदानले विभिन्न समाजका बीच आपसमा राम्रोसँग बुझ्न र मित्रता तथा सद्भाव विकास गर्न मदत दिन्छन् । चीन–नेपाल चिया घोड सडकको पुनः यात्राले ‘२०२० नेपाल पर्यटन वर्ष’लाई अगाडि बढाउनेछ र दुई देशका जनताका बीचमा सांस्कृतिक आदानप्रदानका लागि सक्रिय भूमिका खेल्नेछ । (चाइना न्यूज नेटवर्क)

टिप्पणीहरू