​सिपाहीको चित्त दुखेपछि

यस नं. ६ युद्धकवच गुल्म सुर्खेतका सुवेदार करन चन्दले कक्षा १० पासको नक्कली सर्टिफिकेट पेश गरी त्यसैको आधारमा पदोन्नति पाएका छन् । उनको व्यक्तिगत रेकर्ड बुकमा २०४८ सालमा बैतडीबाट कक्षा १० पास र सोही साल २०४८ (सन् १९९२) मा भारतको दुईवटा ठाउँ निउर इन्टरकलेज दिल्ली र स्मार्क इन्टरकलेज कुलैरा मेरुतबाट उत्तीर्ण गरेको उल्लेख छ ।

एकै वर्ष एक व्यक्तिले तीन ठाउँबाट कक्षा १० को परीक्षा दिन मिल्छ कि मिल्दैन । त्यसैगरी अन्यत्रबाट सरुवा आई भेहिकल तथा युद्धकवच गुल्मले प्रयोग गर्ने हतियारसम्बन्धी कुनै तालिम नलिई कर्णेल पदमबहादुर खत्रीलाई कोशेली खुवाएर हाम्रो युनिटको कोटामा तेस्रोपटक शान्ति सेना गएका छन् । निजको व्यक्तिगत रेकर्ड झिकाई छानविन गरियोस् ।

– पीडित सिपाही

टिप्पणीहरू